२५ प्रतिशत नगद लाभांश वितरण गर्न लक्ष्मी उन्नती कोषले तय गर्यो बुक क्लोज मिति

काठमाडौं । लक्ष्मी उन्नती कोषले बुक क्लोजका लागि मिति तय गरेको छ । कोषले आउँदो असाउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

कोषले आर्थिक वर्ष २०७७/७८ का लागि योजनाको इकाईधनीहरुलाई करसहित २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।

साउन १२ गतेसम्म नेप्से र सिडिएस एण्ड क्लियरिङको प्रणालीमा कारोबार भई कानुन बमोजिम तोकिएको समयावधिभित्र रित पूर्वक नासारी भएका इकाईधनीहरुले मात्र उक्त लाभांश पाउने छन् ।

उक्त कोष लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुल फण्ड अन्तर्गत संचालित कोष हो ।

२०७८ साउन ६ गते ११:४८ मा प्रकाशित

You can share this post!

साउन १४ गतेदेखि मैलुङखोला जलविद्युतको आईपीओ आउँदै, १ लाख कित्तासम्म आवेदन दिन पाइने

साउन १४ गतेदेखि मैलुङखोला जलविद्युतको आईपीओ आउँदै, १ लाख कित्तासम्म आवेदन दिन पाइने

Related posts