अध्यादेश मार्फत ल्याएको बजेटले नीति क्षेत्रलाई उत्साहित बनायो, कार्यान्वयन प्रभावकारी होस् : अध्यक्ष मोर

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले नीति क्षेत्रलाई उत्साहित बनाएको बताउनु भएको छ ।

परिसंघको १८ औं बार्षिक साधारणसभामा यस्तो बताउनु भएको हो । उहाँले बजेटमा आर्थिक पुनरुत्थानका लागि धेरै कुरा समेटेको भन्दै त्यसको कार्यान्वयन प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले अहिले सबैको लागि खोप आवश्यक भएको भन्दै तत्कालै खोपको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष मोरले कानूनलाई अन्तिम रुप दिने बेलामा नीति क्षेत्रसँग गरेको छलफल र राय अुनसार ऐन कानून, नियमावली नआउनाले अर्थतन्त्रमा समस्या देखिने गरेको जानकारी गराउनुभयो ।

उहाँले कोरोनाको पहिलो लहरमा ८० प्रतिशत उद्योग बन्द भएको जानकारी गराउनुभयो । उहाँले स्थानीय तहले अनावश्यक दोहोरो कर लिएको गुनासो गर्नुभयो । दोहोरो करले उद्योगी व्यवसायीलाई समस्या भएको जानकारी गराउनुभयो । यो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

२०७८ साउन ६ गते १२:०४ मा प्रकाशित

You can share this post!

२५ प्रतिशत नगद लाभांश वितरण गर्न लक्ष्मी उन्नती कोषले तय गर्यो बुक क्लोज मिति

कामना सेवा विकास बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसंग माग्यो अनुमति

Related posts