किन्ने होइन त सगरमाथा इन्स्योरेन्सको ५ लाख ५१२ कित्ता सेयर ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । एक सूचना निकाल्दै कम्पनीले ५ लाख ५१२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले संस्थापक सेयरधनी सनराइज बैंकको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ७७६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

उक्त सेयर खरिदका लािग कम्पनीको संस्थापक सेयरधनीहरुले आजका मितिले ३५ दिनभित्र रितपूर्वक निवेदन पेश गर्नुपर्ने छ ।

उक्त सेयर खरिदका लागि तोकिएको मिति भित्र संस्थापकहरुबाट निवेदन प्राप्त हुन नआएमा निवेदकहरुको माग बमोजिम वर्तमान संस्थापक सेयरधनीभन्दा बाहिरका लागि व्यक्तिका नाममा बिक्री हुने कम्पनीले जनाएको छ ।

 

२०७८ साउन ६ गते १२:३५ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसंग माग्यो अनुमति

कामना सेवा विकास बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसंग माग्यो अनुमति

Related posts