मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गरेको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँको १२ लाख ५० कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

१२ लाख ५० हजार कित्ताा ७ लाख ५० हजार कित्ता बैंकले नै विभिन्न संघ–संस्थालाई बिक्री गर्ने छ भने ५ लाख कित्ता मात्रै सर्वसाधारणका निष्काशन गरिएको छ । ७ वर्ष अवधिको ऋणपत्रमा बार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।

ऋणपत्रमा छिटोमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन २१ गतेसम्म आवेदन दिन सकिने छ ।

न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वा, मेरो सेयर तथा तोकिएको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल मार्केट रहेको छ ।

२०७८ साउन ७ गते ११:०२ मा प्रकाशित

You can share this post!

प्रि-ओपनिमामा ५.३३ अंकले बढ्यो सेयर बजार

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Related posts