आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

काठमाडौं । बिहीवार सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज भने घटेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

यस्तै, बिहीवार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज तोलामा १० रुपैयाँले वृद्धि भएको चाँदीको भाउ १२ सय ७० पुगेको छ । अघिल्लो दिन १२ सय ६० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।

२०७८ साउन ७ गते ११:२९ मा प्रकाशित

You can share this post!

मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

Related posts