back
NMB ad

प्रचण्ड सरकारको पहिलो निर्णय बाढीपीडितलाई एक लाख

Kumari bank ad

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत दिने पहिलो निर्णय गरेको छ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार बैठकले सहिद र बेपत्ताका परिवारलाई राहत दिने विगतका सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री दाहालले संविधानमा सर्वस्वीकार्यता बढाउँदै कार्यान्वयनको सुनिश्चिततालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । संविधान अस्वीकार गर्दै आएका मधेसी दलको समेत समर्थन प्राप्त गरी प्रधानमन्त्री भएका दाहालले बिहीबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि त्यस्तो बताएका हुन् ।

‘मधेस, थारू र जनजातिले उठाएका मुद्दा सम्बोधन गरेर राष्ट्रिय एकता सुदृढ गर्दै संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउने प्रक्रियामा अगाडि बढ्दैछौं । संविधान कार्यान्वयनको चुनौती छ । संविधानमा अधिकतम स्वीकार्यता बढाउँदै कार्यान्वयनको सुनिश्चितता ऐतिहासिक रूपले आवश्यक छ’, दाहालले भने ।

नेपाली जनताले तत्कालीन र दीर्घकालीन हिसाबले आर्थिक समृद्धि हासिल होस् भनेर तीव्र आकांक्षा व्यक्त गरेको भन्दै दाहालले बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने्तिर ध्यान केन्द्रित गरी जनताको त्यो आकांक्षाअनुरूप तत्कालिक, मध्यकालीन र दीर्घकालीन विकासका आयोजना अगाडि बढाउने जानकारी दिए । आजको अन्नपुर्ण पोष्टबाट ।

प्रकाशितः २०७३ साउन २१

वि.सं.२०७३ साउन २१ शुक्रवार १०:१२ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...