back
NMB ad

प्रधानमन्त्रीद्धारा तीनै तहको निर्वाचनका लागि तयार हुन प्रहरी बललाई निर्देशन

Kumari bank ad

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयनका लागि देशमा निकट अवस्थामा हुने तीन वटै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताए । सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी बल सक्षम रहने उनको विश्वास रहेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको बताउँदै देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डता जगेर्नाका लागि सशस्त्र प्रहरीको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै बढ्दो सुरक्षा चुनौतीको सामनाका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मितिः २०७३ माघ १३

वि.सं.२०७३ माघ १३ बिहीवार १४:४३ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...