back
NMB ad

काठमाडौ उपत्यकामा अब दिउँसै मापसे जाँच

Kumari bank ad

काठमाडौ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न ? चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही थालेको छ ।

राति ८ देखि ११ बजेसम्म मापसे गर्नेमाथि कारबाही गर्दै आएको ट्राफिक प्रहरीले केही दिनयता दिउँसोसमेत जाँच गर्न शुरु गरेको हो । महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले ट्राफिक प्रहरीको राति एकै समय मापसे जाँच गर्दा चालकले छल्नका लागि दिउँसै मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउन थालेपछि दिउँसै जाँच गर्न शुरु गरिएको बताए ।

‘सडकमा गुडिरहेका सवारीसाधनलाई बाधा नपर्ने गरी क्रमशः दुई चारवटा सवारीसाधनलाई सडकको किनारामा ल्याएर जाँच गर्न थालेका छौं,’ उनले भने । दिउँसो कार्यालय छाडेर घर जाने समयमा मापसे गरेर सवारी चलाएको पाइएको उनले बताए ।

महाशाखाले विसं २०६८ मंसिर १७ देखि मापसे गरी सवारी चलाउने चालकमाथि जाँच गर्दै आएको हो । प्रवक्ता रञ्जितकारले पछिल्लो समय मापसे गरी सवारी चलाउने र दुर्घटना हुने सङ्ख्यामा कमी आएको बताए ।

ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने सवारीसाधनलाई सवारी चालक अनुमतिपत्र भए १ हजार र नभए २ हजार जरिवाना लिँदै आएको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक २१

वि.सं.२०७४ कात्तिक २१ मंगलवार १५:२२ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...