back
NMB ad

कसैले २ रुपैयाँ नपत्याउने विमलाको मासिक कमाइ पचास हजार

Kumari bank ad

सुरुङ्गा, झापा । “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भनिन्, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।”

एक दसक अगाडिसम्म श्रीमान्लाई विदेश पठाएको ऋण तिर्न त के उनलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ । ‘कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ । विमला आज त्यही ठाउँमा मेहनती महिला उद्यमीका रुपमा कहलिएकी छिन् ।

व्यापार व्यवसाय शुरु गर्दाका दिनमा स–साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन छिन् । उनले अहिले मनग्य आम्दानी आर्जन गरिरहेकी छिन् ।

“गाउँमा मलाई दुई रुपैयाँका लागि समेत नपत्याउने अवस्था थियो, आज मलाई यहाँँसम्म ल्याइपु¥याउन सहाराको ठूलो हात छ,” उनले भनिन् । मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फार्म खोल्नुका साथै फ्रेस हाउस समेत खोलेकी छिन् । विदेश पठाएका श्रीमान्लाई पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर नेपाल फर्काइन् ।

“भोकभोकै कैयौँ रात सुतेकी छु, तै पनि मैले हरेस खाइनँ, काममा लागिरहे.”, उनले भनिन्, “पहिलोपटक सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि रु पाँच हजार कर्जा लिई जुत्ता चप्पल व्यापार शुरु गरे ।” जुत्ता चप्पल बेच्न उनी साइकलमा पोका बोकेर बयरवन, रमाइलोलगायत बजारसम्म पुग्थिन् । मासिक रु ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उनको जीवनशैली फेरिएको छ । उनको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ । “अहिले आफूलाई मात्र होइन अरुलाई पनि आत्मनिर्भर गराउन सक्ने अवस्थामा छु,” उनले भनिन् ।

विमलालाई काममा श्रीमान्ले सघाउँछन् । उनीहरुसँग एउटा मारुती भ्यान छ । जसको माध्यमबाट श्रीमान् महेश भण्डारीले कुखुरा बिक्रीका लागि इटहरीसम्म लैजान्छन् । सहारा नेपाल साकोसको पथरी सेवा केन्द्रका प्रबन्धक महेश तामाङ भन्छन्, “विमला अत्यन्त मेहनती र ऊर्जाशील महिला हुन् । उनमा काम गरिखाने आँट र साहस भेटिन्छ, विमलाले आफ्नो जस्तो काममा आउन अरुलाई पनि प्रेरणा दिएकी छिन् ।”

फूलबारी सहारा महिला समूह नं ५८ की सदस्य विमला कुनै बेला त्यही समूहकी अध्यक्ष थिईन् । त्यहीबेला उनले नै प्रवद्र्धन गरेका समूह अहिले सो क्षेत्रमा क्रियाशील छन् । यही बीचमा उनले दुई कट्ठा जमिन जोडेकी छिन् । ठूली छोरीको बिहे गर्न खर्च जुटाइन् । अरु दुई छोरी र एउटा छोरो राम्रै स्कूलमा पढाइरहेकी छिन् ।

“यही मेहनत र परिश्रम देखेर सहकारी क्षेत्रकै ठूलो पुरस्कार हामीले विमलालाई प्रदान गरेका हौँ” सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भने । विमलाले आफूसँगै अरुलाई पनि स्वावलम्बी बनाउन खेलेको योगदानको कदर गर्दै उनलाई यसवर्ष ‘प्रो मोहमद युनुस सहारा पुुुरस्कार’ प्रदान गरिएको हो । रु ५० हजार सहकारी क्षेत्रकै ठूलो धन राशिको पुरस्कार हो । उनलाई शनिबार सो पुरस्कारबाट सम्मान गरिएको थियो । रासस

प्रकाशित मितिः २०७४ कार्तिक २८

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ११:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...