back
NMB ad

वेस्टर्न डेभलपमेन्टलाई खरिद गरेपछि सबैभन्दा ठुलो विकास बैंक बन्दै देवः विकास बैंक

Kumari bank ad

काठमाडौं । वेस्टर्न डेभलपमेन्टलाई खरिद गरेर देव विकास बैंक सबैभन्दा ठुलो विकास बैंक बन्ने भएको छ ।

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रकृया अगाडी बढाएको छ । दुई बैंकबीच मंगलबार एक्विजिशन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । देवले वेस्टर्नलाई खरिद गर्ने भएपछि बुधबारदेखि वेस्टर्नको शेयर कारोबार रोक्का भएको छ ।

स्रोतका अनुसार देव विकास बैंकले एक बराबर एक शेयर दिएर वेस्टर्नलाई खरिद गर्न लागेको हो। दुई विकास बैंक एक भएपछि नयाँ बन्ने बैंकको पूँजी तीन अर्ब पुग्ने बताइएको छ ।

केही समय अगाडि ४० प्रतिशत हकप्रद बिक्री गरेर देवले २ अर्ब २८ करोड चुक्ता पूँजी कायम गरेको छ । गतबर्षको कमाईबाट २४ करोड ७० लाखको बराबर अर्थात १७।१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंकको बोनसपश्चात चुक्ता पूँजी दुई अर्ब ५३ करोड पुग्नेछ । बैंकले प्रस्तावित बोनस आजै सम्पन्न ११ औं बार्षिक साधारणले पारित गरेको छ ।

नमस्ते फाईनान्स वित्तीय संस्थासँग मर्जर भएको वेष्टर्नले गतबर्षको कमाइबाट १७.४१ प्रतिशत बोनस पारित गरेको थियो । बोनस पश्चात बैंकको चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुगेको छ ।

दुई बैंक एकिकृत भएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी तीन अर्ब नाघ्नेछ । जुन विकास बैंकहरुमध्येमा सबैभन्दा बढी हुन्छ ।

२०७५ असार २७ गते प्रकाशित

वि.सं.२०७५ असार २७ बुधवार १४:५८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...