back
NMB ad

बागलुङमा धारिलो हतियार प्रयोग गरि एक दम्पतीको विभत्स हत्या

Kumari bank ad

बागलुङ ।  बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा धारिलो हतियार प्रयोग गरि एक दम्पतीको विभत्स तरिकाले हत्या भएको छ ।

शनिबार राती आफ्नै घरमा बसेका ६८ बर्षिय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

आईतबार विहान भानबहादुरको शव घरको नजिकै मकै बारीमा र श्रीमती विमाको शव घर भित्रै रक्ताम्मे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार दुवै जनाको टाउँकोमा बञ्चरोको प्रयोग गरि हत्या गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको र हत्याराको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय गल्कोटबाट र जिल्ला प्रहरी कार्यालय बागलुङबाट इन्सपेक्टर नरेन्द्रजंग कार्कीको नेतृत्वका अनुशन्धानको लागि टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १५:४१ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...