back
NMB ad

प्रभु बैंककाे २ अर्बकाे ऋणपत्रमा लगानी सुरक्षित, यसकारण प्राप्त गर्यो राम्रो रेटिङ

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले निष्काशनको तयारी गरेको दुई अर्बको ऋणपत्रले सुरक्षित संकेत प्रदान गरेर ’केयर एनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ ।

बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ऋणपत्र निष्काशनको अनुमति पाउनु अगाडि गरेको रेटिङअनुसार ’यदि बैंकले समयमा आफ्नो वित्तीय दायित्व पूरा गरेको खण्डमा सुरक्षित ऋणपत्रको संकेत प्रदान गरेको रेटिङ प्राप्त गरेको हो।’

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्काशन गर्न निर्देशन दिएसँगै बैंकले ’प्रभु बैंक डिवेन्चर २०८४’ को निष्काशन तयारी गरेको हो ।

बैंकले सर्वसाधारणको लागि ८० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ । बाँकी एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र बैंक आफैले बिक्री गर्नेछ । ऋणपत्र निष्काशनका लागि नविल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकको सम्पूर्ण वित्तीय विवरण सुधारोन्मुख भएकोले राम्रो रेटिङ प्राप्त गरेको हो । प्राय बैंकहरुको निक्षेप तथा कर्जा लगानीको पोर्टफेलियो निश्चित व्यक्ति तथा संस्थामा केन्द्रित रहेको पाइन्छ ।

तर प्रभु बैंकको यस्तो पोर्टफेलियोमा विविधता रहेको हुँदा धेरै ठूलो जोखिम नरहेको रेटिङ एजेन्सीले जनाएको छ । बैंकिङ तरलताको अभावको चर्चा चल्दै गर्दा प्रभुको भने १२.०६ प्रतिशतले निक्षेप बढेको छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...