back
NMB ad

नेम्बाङद्धारा सहरी विकास मन्त्रीको पदभार गहण

Kumari bank ad

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आज सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । नेम्बाङले सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगी पदभार ग्रहण गर्नुभएको हो ।

उहाँले पदभार ग्रहणको अवसरमा मातहतका निकायलाई प्रतिबद्ध, लगनशिल, इमानदारिता र जवाफदेही भएर काम गर्न निर्देशन दिनु भयो ।
उहाँले हामीले नगरे कस्ले कर्छ भन्ने भावना राखेर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नु भयो ‘हामीले यति भावना राखेर काम गयौँ भने नेपाली जनताले राखेको विकास र समृद्धिको चाहाना पुरा हुन्छ ।’ उहाँले नीति कार्यान्वयन गर्न आफु नेतृत्व ड्राइभर मात्र नभएर साथी र सहजकर्ताको रुपमा रहने समेत उल्लेख गर्नुभयो ।

मन्त्री नेम्बाङले पदभारसंगै बागमती एकिकृत सभ्यातासंग जोडिएका विषलाई विधेयक निर्माणका लागि अर्थमन्त्रालयसंग सैद्धान्तिक सहमती लिने फाइलमा हस्ताक्षर गरेर कामको सुरुवात गर्नुभयो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले छोटो समयमै आफ्नो व्यवस्था परिवर्तन गरि आलोचनाखेपी रहेका मन्त्रालयलाई आलोचनामुक्त गराएर अगाडी बड्नु भएको र त्यो सीप लगन सहरी विकास मन्त्रालयमा पनि प्रतिविम्बित हुने विश्वास व्यक्त गर्नु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुनमा मन्त्री नेम्वाङलाई थप जिम्मेवारी तोक्नु भएको थियो ।

वि.सं.२०७६ फागुन १२ सोमवार १८:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...