काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बिओके स्मार्ट मार्फत् नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।
ग्राहकले नगद फिर्ता योजनाका लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ ।बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमैं आम्दानी भन्ने नाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिका लागि मात्र भएकाले छिट्टै लाभ लिन ग्राहकलाई अनुरोध गरेको छ ।
वि.सं.२०७६ फागुन १४ बुधवार १३:५० मा प्रकाशित