back
NMB ad

एसइईको प्रश्नपत्र आउट हुन नदिन थप सुरक्षा, ७६ जिल्लामा पुर्‍याइयो प्रश्नपत्र

Kumari bank ad

काठमाडौं । अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटक–पटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ ।

६ चैतबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र ६ तहमा सुरक्षा व्यवस्था गरी जिल्लामा पठाएको छ । अहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएकाले थप सुरक्षा व्यवस्था गरेको बताए ।

अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो । यसपटक प्रत्येक विषयको प्रश्न प्लास्टिकर्ले याप गरी लाहाछाप लगाएर फेरि कपडाको थैलोमा राखेर लाहाछाप लगाइएको छ । खकुरलेका अनुसार योपटक ६ तहमा प्रश्नपत्रको सुरक्षा व्यवस्थापन गरिएको छ ।

अघिल्लो वर्ष प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । लगातार प्रश्न बाहिरिएपछि बाँकी विषयको समेत परीक्षा स्थगित भएको थियो । प्रदेश २ का विद्यार्थीले प्रश्न बाहिरिएपछि पुनः प्रकाशित तालिकामा परीक्षा दिएका थिए ।

एक हजार नौ सय ९४ परीक्षा केन्द्र 

यस वर्ष परीक्षा केन्द्रको संख्या वृद्धि भएको छ । अघिल्लो वर्ष देशभरमा एक हजार नौ सय ६९ परीक्षा केन्द्र कायम गरिएको थियो । यो वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम गरिएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा एक सय १५ र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एकरएक परीक्षा केन्द्र कायम भएको छ । धेरै केन्द्र हुने जिल्लाहरूमा मोरङमा ७०, रुपन्देहीमा ५६, झापामा ५५ केन्द्र छन् । धेरै केन्द्र हुने प्रदेशमा बागमती र कम हुनेमा कर्णाली छ । बागमतीमा चार सय २१ र कर्णालीमा एक सय ७६ केन्द्र छन ।

एसइई रजिस्ट्रेसन भरेका ३१ हजार विद्यार्थी घटे

एसइई परीक्षाका लागि रजिस्ट्रेसन भरेका ३१ हजारभन्दा बढी विद्यार्थी घटेका छन । परीक्षा नियन्त्रक खकुरेलका अनुसार रजिस्ट्रेसन भरेका विद्यार्थी घटेपछि यस वर्ष कुल चार लाख ८२ हजार दुई सय १९ सहभागी हुने भएका छन ।

कक्षा नौमा चार लाख ९७ हजार सात सय विद्यार्थीले एसइईको रजिस्ट्रेसन भरेकामा एसइईको फारम भर्ने नियमिततर्फ चार लाख ६५ हजार आठ सय ३८ छन । ग्रेड वृद्धिका लागि १६ हजार तीन सय ८१ विद्यार्थीले फारम भरेका छन । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने व्यवस्था भएपछि आंशिकतर्फ विद्यार्थीको संख्या कम हुन थालेको हो ।

यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् । काठमाडौंबाट ३६ हजारभन्दा बढी र मनाङबाट जम्मा ५० विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यस वर्षको एसइई आगामी ६ देखि १७ चैतसम्म सञ्चालन हुँदै छ ।

अघिल्लो वर्ष १० चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो । अघिल्लो वर्षदेखि प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र निर्माण सुरु गरिएको थियो । ०७५ मा नियमिततर्फ चार लाख पचास हजार एक सय ८६ र बाँकी आंशिक गरी कुल चार लाख ७५ हजार परीक्षार्थीले परीक्षा फारम भरेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०६:४६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...