back
NMB ad

बैंकिङ कसूरको आरोपमा २९ जनालाई सार्वजनिक सूचना

Kumari bank ad

काठमाडौं । कमसल जग्गा राखी बैंकबाट ऋण लिएका तथा बैंक खातामा पर्याप्त मौज्दात नभए पनि चेक दिई बैंकिङ कसूर गरेको आरोप लागेका २९ जनालाई उपस्थित हुन उच्च अदालत, पाटनले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

ती २९ जनाको घर ठेगानामा उपस्थित हुन म्याद पठाइएको भए पनि सम्बन्धित व्यक्तिले पाउन नसकेपछि उनीहरूलाई उपस्थित हुन सार्वजनिक सूचना जारी गर्नुपरेको अदालतले जनाएको छ । उनीहरूलाई सूचना जारी भएको २१ दिनभित्र उपस्थित हुन अदालतले भनेको छ ।

उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएकाहरूमा काठमाडौं ढोकाबहालकी सजना वज्राचार्य, बानेश्वर बस्ने कविन्द्र लामा, भारत घर भई हाल न्युरोड बस्ने गणेश मल उपाध्याय, वल्र्डवाइड डेभलपर्स इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक सुरेन्द्र महर्जन, बानेश्वरकी दुर्गा शाही सापकोटा रहेका छन्।

उच्च अदालत, पाटनका रजिस्ट्रार बाबुराम दाहालले सोमबार उपस्थित हुन सूचना जारी गरिएका २९ जना सबै बैंकिङ कसूर गरेको आरोप लागी प्रतिवादी बनाइएको भएका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले २९ जनालाई २१ दिनको म्याद दिई उपस्थित हुन भनेका छौं। ती सबै बैंकिङ कसूर गरेको भनी आरोप लागेका व्यक्ति हुन् ।

अदालतमा उपस्थित हुन सूचना जारी गरिएका अन्य व्यक्तिहरूमा काठमाडौंस्थित न्युरोड बस्ने रिना अधिकारी, कोटेश्वर बस्ने ध्रुव केसी, बूढानीलकण्ठ बस्ने लाक्पा तेन्जिङ लामा, बानेश्वर बस्ने युवराज शंकर विश्वकर्मा, सिनामंगल बस्ने जीवन तामाङ, जडीबुटी बस्ने रामचन्द्र शर्मा, स्वयम्भु बस्ने सविना तामाङ ललितपुरको ग्वार्को बस्ने भीमबहादुर लामालगायतका छन्।

बैंक खातामा पर्याप्त रकम मौज्दात नभए पनि ७ करोड रुपियाँभन्दा बढीको चेक काटेर दिएको बैंकिङ कसूरको मुद्दा पनि उच्च अदालत, पाटनले छिनोफानो लगाएको छ। सो मुद्दामा अभियोग दाबी पुग्ने भएको रजिस्ट्रार दाहालले जानकारी दिनुभयो ।

बैंक खातामा पर्याप्त रकम नभए पनि चेक काटेर दिइएको देखिएकाले सो मुद्दामा दाबी पुग्ने उल्लेख गरिएको छ । नेपाल समाचारपत्रमा खबर प्रकाशिछ । नेपाल समाचारपत्रमा खबर प्रकाशित छ ।

उच्च अदालत, पाटनले बैंकिङ कसूर गरेको आरोप लागी दायर भएको मुद्दाको फैसला गर्ने अनुपात बढाएको छ। रजिस्ट्रार दाहालले बैंकिङ कसूर मुद्दामा फैसला हुने दर बढेको जानकारी दिनुभयो।

सो अदालतमा दायर भएका बैंकिङ कसूरका मुद्दामध्ये गत साता मात्र १ सय १३ वटा फैसला भएका छन्। ती सबै मुद्दामा अभियोग दाबी पुग्ने गरी फैसला भएको सो अदालतको रेकर्डबाट देखिएको छ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०७:१२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...