back
NMB ad

साढे १४ करोडको चाँदीका गहना निर्यात, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १४ करोड ४८ लाख १० हजार रुपैयाँ बराबरका चाँदीका गहनाहरु निर्यात भएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार माघ मसान्तसम्म उक्त रकम बराबरको चाँदीका गहना निर्यात भएको हो । विदेशीमा बन्न नसक्ने नेपाली मौलिक गर-गहना नेपालबाट निर्यात हुने गरेको छ ।

अहिले नेपालबाट विश्वका विभिन्न १५ देशहरुमा चाँदीका गहना निर्यात हुने गरेको विभागको तथ्याङकमा उल्लेख छ । तथ्याङ्क अनुसार अमेरिका, अष्ट्रेलिया, जापान, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, नेदरल्याण्ड पोर्चुगल, सिंगापुर, स्वीटजरल्याण्ड, ताइवान लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । विशेषगरि ति देहरुमा नेपाली मौलिक गरगहनाको निर्यात भएको हो ।

सबैभन्दा बढी गहना अमेरिकामा निर्यात भएको छ । पछिल्लो सात महिनामा ८ करोड ६० लाख २२ हजार रुपैयाँको चाँदीका गहना अमेरिका निर्यात भएको छ । यस्तै अष्टे«लियामा एक करोड २९ लाख १७ हजार, जापानमा ९ लाख ६६ हजार, पोर्चुगलमा ४ लाख ८५ हजार, नेदरल्याण्डमा ४० लाख ६० हजार रुपैयाँ बराबरका गहना निर्यात भएको छ ।

यस्तै, स्वीटजरल्याण्डमा ३७ लाख ४ हजार, बेलायतमा १८ लाख ६७ हजार, टाइवानमा १३ लाख ४५ हजार फ्रान्समा ६४ लाख १९ हजार, क्यानडामा ४ लाख ४७ हजार, बेल्जियममा २ लाख ७० हजार, जर्मनीमा ६५ लाख ६५ हजार र हङकङमा २० हजार, सिंगापुरमा १ लाख र रशियन कन्ट्रीमा १५ लाख ९३ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १४:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...