back
NMB ad

बसन्त ऋतुमा पर्वतारोहण गर्नेलाई पर्यटन विभागको ११ बुँदे शर्त

Kumari bank ad

काठमाडौं । पर्यटन विभागले सन् २०२१ को बसन्त ऋतुमा हुने पर्वतारोहणका गतिविधिलाई व्यवस्थित बनाउन ११ बुँदे शर्त जारी गरेको छ ।

विभागका बसन्त ऋतुमा हुने पर्वतारोहणका क्रममा ति शर्त सबैले पालना गर्नुपर्ने छ । आचार संहितामा एजेन्सीका तर्फबाट पर्वतारोहण सम्बन्धी कार्य गर्नका लागि आधिकारिक व्यक्ति तोकी पठाउनु पर्नेछ ।

पर्वतारोही दलले पर्वतारोहण वाहेक अन्य थप गतिविधि गर्ने भएमा पर्यटन विभागमा अनिवार्य जानकारी गराई स्वीकृती लिएर मात्र थप गतिविधि गर्नु-गराउनु पर्नेछ ।

कुनै पनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङ्ग सम्बन्धी काम गर्दा आफू सम्बद दल र दलका सदस्यको आरोहण गतिविधि आहेक अन्यको फोटो, भिडियो खिच्ने तथा फिल्मिाङ सम्बन्धी काम गरी त्यसको प्रचार प्रसार तथा प्रकाशन गर्न पाइने छैन ।

पर्वतारोही दलका सम्पूर्ण सदस्य तथा आरोही सदस्यको स्वास्थ्य अवस्था पेश गर्दा निज पर्वतारोहण कार्यका लागि उपयुक्त भएको विवरण पेश गर्नु पर्नेछ ।

पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाईन बिफ्रिङ्ग भरेपछि मात्र आरोहण अनुमतिपत्र जारी हुनेछ । साथै अनलाईन ब्रिफिङ भरेपछि मात्र डिब्रिफिङ हुनेछ ।

अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिन ( अन्तिम डिब्रिफिङ भएको १५ दिन) पछि मात्र आरोहणको प्रमाणपत्र जारी गर्ने कार्य शुरु हुनेछ तर अनलाईन डिब्रिफिइ नभरेको हकमा आरोहण प्रमाणपत्र जारी हुने छैन । आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम आरोहण अनुमतिपत्र जारी गर्ने समयमा पेश गर्नु पर्नेछ । साथै डिब्रिफिङ हुँदाका बखत आरोहण दलका सदस्यहरु के कुन माध्यमबाट के कसरी काठमाडौं आइपुगे सो को विवरण समेत पेश गर्नु पर्नेछ ।

आरोही दल सम्बद्ध एजेन्सीले पर्वतारोहण दलका साथ जाने सहयोगीहरूको बीमा गर्दा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ मा उल्लेखित व्यक्तिको कार्यभूमिका बमोजिम (सरदार, पथ प्रर्दशक, उचाईका कामदार, आधार शिविरका कामदार, स्थानीय कामदारको पदनाम राखेर बीमा गर्नु पर्नेछ । अन्यथा आरोहणको प्रमाणपत्र जारी हुने छैन ।

पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल असफल आरोहीको विवरण सहितको प्रतिवेदन डिब्रिफिट हुँदा पर्यटन विभाग समक्ष पेश गर्नु पर्नेछ ।

आपतकालिन उद्दार गरिएका पर्यटक बिरामीलाई सीमित स्रोत साधन भएका अस्पतालमा पुयाउने तथा रिफर गर्ने गरिएको पाइएको हुँदा त्यसरी उद्दार गरिएका पर्यटकालाई आधुनिक उपकरण भएका सुविधा सम्पन्न अस्पतालहरुमा मात्रै लैजाने बन्दोबस्त वायुसेवा, हिलिकप्टर सेवा, सञ्चालक तथा टुर,ट्राभल, टे«किङ सञ्चालकले मात्रै गर्नु पर्नेछ ।

डिब्रिफिङका सामनमा सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलसम्बद्ध सम्पूर्ण विवरण पेश गर्नुपर्ने छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १५:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...