back
NMB ad

वर्षमा १० किलोमिटर सडक नबनेको देशमा दैनिक ६ किमी बनाएको छु, म हुँदा हुँदै कसलाई मत दिनुहुन्छ ? प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आएपछि विकास निर्माणको कामले तिब्रता पाएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लामो समयपछि उपत्यकामा मेलम्चीको पानी आएको र अझै याङरी र लाक्रेबाट पानी ल्याएपछि काठमाडौंमा पानीको अभाव नहुँने बताउनु भयो । उहाँले पूर्वाधार निर्माण भइरहेको, धरहरा बनेको छ, रानीपोखरी बनेको, दरबार स्कुल बनेको छ, अस्पताल, विद्यालय केही निर्माणको क्रममा रहेको स्मरण गराउनु भयो ।

वर्षमा १० किलोमिटर बाटो नबन्ने देशमा यो सरकारले दैनिक ६ किलोमिटर बाटो निर्माण गरिरहेको जानकारी गराउनु भयो । सरकारले विकासको कामलाई धेरै तिब्रताका साथ काम गरेको बताउनु भयो । सरकार अझै पनि १२ वटा नयाँ बस्ती बनाउने, पर्यटन क्षेत्रलाई माथी उठाउने काममा लागि रहेको स्मरण गराउनु भयो । सरकार आधुनिक शिक्षा, प्रविधिमैत्री शिक्षा दिन सरकार लागि परेको उहाँको भनाइ छ ।
अहिले धान, मकैको उत्पादन ६ प्रतिशतले उत्पादन बढेको जानकारी गराउँदै सरकार अन्धाधुन्धा रुपमा अघि नबढेको बताउनुभयो ।

‘म सरकारमा आउँदा लाखौ मानिस रोजगारीको लागि विदेश जाने गरेका थिए’ उहाँले भन्नुभयो ‘अहिले कम भएको छ । बाँझो बारी हराभरा भएको छ । मानिसलाई उत्पादनमा लगाउने काम भएको छ ।’ उहाँले रोजगार, स्वरोजगार कार्यक्रम समेत सुरु गरेको बताउनुभयो ।

२०७८ सालमा सडक बालबालिका मुक्त देश बनाउँने जानकारी गराउँदै तीन वर्षमा नेपाल मान्छे बस्न लायत देश बनेको उल्लेख गर्नुभयो ।
‘यती धेरै काम भएको छ । यति हुँदा पनि कमरी मत नदिई बस्नुहोला’ उहाँले प्रश्न गर्नुभयो ‘म हुँदा हुँदै माननीयहरुले अरु कसलाई मत दिनुहोला र ?’ ओलीले आफू यही सदनको बलले प्रम बनेको र यही सदनको बलले फेरी प्रम बन्ने जानकारी गराउनु भयो । कुनै दलले मत नदिनु भनेर आएको भएपनि नेतालाई भनेर यही मत दिन र पछि त्यसलाई मिलाउन आग्रह गर्नुभयो ।

सरकार चाँडै कोरोना नियन्त्रण गर्ने पक्षमा रहेको र कोरोना सर्न नदिएपछि यो पराजित हुने तर्क गर्नुभयो । सबैलाई मास्क लगाउन, दुरी कामय गर्न, हात धुन आग्रह गर्नुभयो । उहाँले आफू काममा लागेको भएर कुनै माननियहरुलाई फोन गर्न नभ्याएको भन्दै अब प्रमले वास्था गरेन भनेर भन्ने दिन नआउने बताउनु भयो ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १४:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...