back
NMB ad

मन्त्रिपरिषद हेरफेर, थप ८ सहित २५ जना पुुगे

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पुनः मन्त्रिपरिषद् बिस्तार गर्नु भएको छ ।

प्रम ओलीले गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, सामान्य प्रशासनमा गणेश पहाडी र उद्योग मन्त्री राजकिशोर यादव हुनुभएको छ । यस्तै वन राज्यमन्त्रीमा आशा विक र यस्तै विना बिभागीय मन्त्रीमा मोहन बानियाँ नियुक्त हुनुुभएको छ । उहाँहरुले आज सफथ लिनु भएको छ ।

यो सहित ओली सरकारको मन्त्रिमण्डलमा २५ जना पुुगेका छन् । प्रम ओलीले विस्तार गरेको नयाँ मन्त्रिमण्डलमा एमालेबाट १४ जना र जसपाबाट ११ जना रहनुु भएको छ ।

अब प्रधानमन्त्रीसहित रक्षामन्त्रीमा केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री रघुबीर महासेठ र उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो रहनु भएको छ ।

त्यस्तै खगराज अधिकारी गृहमन्त्री, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार झा खानेपानीमन्त्री, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ती लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहनुभएको छ ।

यस्तै वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री, लिलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, नैनकला थापा सञ्चार तथा सूचना मन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास मन्त्री, विमलप्रसाद श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, उमाशंकर अगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री, नारदमुनी राना वन तथा वातावरणमन्त्री, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मन्त्री रहनुभएको छ ।

उहाँलाई कुनै पनि विभाग लिइएको छैन । यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरीलाई उर्जा, जलस्रोत तथा सिँचाइ, रेणुका गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र आशाकुमारी विकलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १७:१५ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...